वीरगञ्ज–७ मा ज्यान मार्ने प्रयासको आरोप, कुटपिटबाट महिला अस्पताल भर्ना

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–७ गहवा टोलमा ज्यान मार्ने प्रयाससहितको गम्भीर घरेलु हिंसाको घटना भएको आरोप सार्वजनिक भएको छ। सोही टोल निवासी मधु कुमारी गुप्ताले आफ्नै पति तथा ससुराली पक्षबाट लामो समयदेखि शारीरिक, मानसिक तथा आर्थिक हिंसा सहँदै आएको गुनासो गरेकी छन्।

पीडितका अनुसार करिब चार वर्षअघि जातीय परम्पराअनुसार उनको विवाह नरेश कुमार गुप्तासँग भएको थियो। विवाहपछि पति रोजगारीका सिलसिलामा बुटवल गएको र त्यसयता उनी ससुराली घरमै बस्दै आएकी थिइन्। पति बाहिर रहेको समयमा सासु मीना देवी, ससुरा नागेन्द्र साह कानु, नन्दहरू सुनैना देवी र गीता देवीबाट निरन्तर दुर्व्यवहार सहनु परेको पीडितको भनाइ छ।

पीडितले ससुराली पक्षबाट घरमा बस्न नदिने, खान–लाउन नदिने, गालीगलौज गर्ने, पटक–पटक कुटपिट गर्ने तथा घरबाट निकाल्ने जस्ता अमानवीय व्यवहार भोग्नुपरेको बताएकी छन्। साथै आत्महत्या गर्न दबाब दिने, पारिवारिक तथा आर्थिक सहयोगबाट वञ्चित गर्ने र निरन्तर अपमानजनक व्यवहार गर्ने कार्य लामो समयदेखि हुँदै आएको उनको आरोप छ।

यस विषयमा स्थानीय भद्रभलाद्मी तथा आफन्तको रोहबरमा पटक–पटक छलफल र सम्झाइ–बुझाइ गरिए पनि ससुराली पक्षको व्यवहारमा कुनै सुधार नआएको पीडितले बताएकी छन्।

पीडितका अनुसार जिल्ला प्रहरी कार्यालय बिर्ता को पहलमा मिति २०८२/०८/०७ गते छलफल भई ससुराली घरमै बसोबासका लागि उनलाई एक कोठा र एक भान्सा उपलब्ध गराउने सहमति भएको थियो। तर सहमतिपछि घर फर्किँदा बस्न दिइएको कोठामा घर निर्माणका लागि राखिएको बालुवा थुपारिएको अवस्थामा फेला परेको र पटक–पटक हटाइदिन आग्रह गर्दा पनि बेवास्ता नगरिएको उनको भनाइ छ। सोही विषयमा कुरा गर्दा सासु मीना देवीले गालीगलौज गर्दै हातपात सुरु गरेको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...