पकहामैनपुर–२ मा एमालेको घरदैलोले देखायो जनलहर, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रम आज भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता, स्वतःस्फूर्त समर्थन र उर्लिएको जनउत्साहले यस क्षेत्रको चुनावी माहोल थप तातेको स्पष्ट संकेत देखिएको छ।

घरदैलो अभियानका क्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेलाई स्थानीय नागरिकले खुलेर समर्थन, साथ र आशिर्वाद व्यक्त गरेका थिए। “भाषण होइन, काम चाहियो” भन्ने नारासहित मतदातामाझ पुगेका पाण्डेको विकासमुखी सोच, युवामैत्री भिजन र व्यवहारिक योजनाप्रति स्थानीयस्तरमै सकारात्मक प्रतिक्रिया देखिएको छ।

स्थानीयसँगको प्रत्यक्ष संवादमा उम्मेदवार पाण्डेले क्षेत्रको समग्र विकास, रोजगारीका अवसर सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार, आधारभूत पूर्वाधार विस्तार र सुशासनप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। उनका यी प्रतिबद्धताले विगतको निराशाजनक राजनीतिबाट आजित मतदातामा नयाँ आशा र भरोसा जागेको स्थानीयको प्रतिक्रिया रहेको छ।

कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन आवश्यक छ” र “काम गर्ने, नयाँ सोच बोकेको प्रतिनिधि चाहियो” भन्दै पाण्डेप्रति विश्वास व्यक्त गरेका थिए। यसले पर्सा–३ मा परिवर्तनको पक्षमा जनमत क्रमशः मजबुत बन्दै गएको संकेत दिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पकहामैनपुर–२ मा देखिएको यो जनउत्साहले नेकपा एमाले र उम्मेदवार रूपेश कुमार पाण्डेको चुनावी स्थिति थप बलियो बन्दै गएको देखिन्छ। स्थानीय तहबाट प्राप्त बढ्दो समर्थन र विश्वासका आधारमा यस निर्वाचनपछि पर्सा–३ को राजनीतिक दिशा बदलिन सक्ने सम्भावना प्रबल बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय कमिटी सदस्य निर्मला देवकोटा, पूर्व प्रदेशसभा सदस्य मंजुर, अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता विजय चौरसिया, अकलेश कुमार साह, उत्तम तिवारी, कौशल साह, राकेश महतो, सन्तोष महतो, उपेन्द्र सहनीलगायत स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, महिला तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...