वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुले वीरगञ्ज...
काठमाडौं । टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारी अहिले चर्चामा छन् । हालै प्रसारित एपिसोडलाई लिएर प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै सामाजिक संजालमा खबर ब्यापक फैलियो ।
हुन पनि उनी सिंहदरबार गएकै हुन् । शोकी निर्मात्री सगुन पाण्डेले सामाजिक संजालमा सिंहदरबार पुगेको भिडियो हालेकै थिइन् । तर, यो भिडियोलाई लिएर केही मिडियादेखि सामाजिक संजाल पृष्ठले प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै समाचार लेखे ।
उनी सिंहदरबार गएका हुन् तर समाचारमा प्रधानमन्त्री कार्यालयले बोलाएको भनेर न्यूज आएपछि भण्डारी हैरानीमा छन् । धेरैले उनलाई सामाजिक संजालमा टिप्पणी गरिरहेका छन् । यो कुराले यति चर्चा पायो कि उनले सामाजिक संजालमा प्रष्टीकरण नै...