शहीदप्रति सम्मानबाट मैदानमा उत्रिए रूपेश पाण्डे, पर्सा–३ मा एमालेको चुनावी अभियानले लियो गति

अंजलि चौधरी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार रूपेश कुमार पाण्डेले शहीदहरूको स्मृतिबाट आफ्नो चुनावी अभियान सुरु गरेका छन्। शहीद दिवसको अवसर पारेर गरिएको यो सुरुआतलाई पर्सा–३ मा नयाँ राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

 

पाण्डेले पर्साका विभिन्न स्थानमा रहेका शहीदका सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे। ‘सेरे पर्सा’ भनेर चिनिने स्व. चन्द्रदेव प्रसाद चौधरीको सालिकमा माल्यार्पण गर्दै अभियान सुरु गरेका उनले रंगपुर टाँडी, पोखरिया नगरपालिकास्थित मधेश आन्दोलनका शहीद चन्दन पटेल तथा पकहामैनपुरका अमर शहीद शत्रुधन पटेलको सालिकमा समेत श्रद्धा प्रकट गरे।

यस क्रममा अमर शहीद शत्रुधन पटेलकी आमा कुस्मी देवीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

शहीदको स्मृतिबाट चुनावी यात्रा सुरु गर्नु पाण्डेको राजनीति त्याग, संघर्ष र मूल्यमा आधारित रहेको संकेत भएको स्थानीयको बुझाइ छ। पर्सा–३ को भूगोल, सामाजिक संरचना र जनचाहनालाई नजिकबाट बुझेका पाण्डे पछिल्लो समय जनतामाझ निरन्तर सक्रिय देखिँदै आएका छन्। पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यको सुधार, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण उनका मुख्य एजेन्डा रहेका छन्।

शहीद दिवसका अवसरमा बोल्दै पाण्डेले भने,

“आज हामीले पाएको अधिकार र अवसर शहीदहरूको बलिदानकै देन हो। म उनीहरूले देखेको सपना बोकेर मैदानमा उत्रिएको हुँ। पर्सा–३ को वास्तविक परिवर्तन गरेरै छाड्छु।”

उनले राज्यले शहीदप्रति सम्मान केवल औपचारिकतामा सीमित नराखी व्यवहारमै सपना पूरा गर्न अग्रसर हुनुपर्ने धारणा पनि व्यक्त गरे।

उनको स्पष्ट र निर्भीक अभिव्यक्तिपछि पर्सा–३ को चुनावी माहोल थप तातेको छ। लामो समयदेखि दोहोरिँदै आएको पुरानो नेतृत्व र अधुरा विकास योजनाबाट आजित मतदाता नयाँ विकल्पको खोजीमा रहेको देखिन्छ। यही सन्दर्भमा पाण्डेलाई परिवर्तनको आशा र भरोसाका रूपमा हेरिन थालेको छ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, उपाध्यक्ष अकलेश कुमार साह, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमालेका विभिन्न नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शहीदको संकल्प, जनताको भरोसा र पार्टीको संगठनात्मक शक्तिसहित अघि बढिरहेका रूपेश कुमार पाण्डे पर्सा–३ मा अब केवल उम्मेदवार मात्र नभई परिवर्तनको दाबेदार पात्रका रूपमा स्थापित हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

चार वर्ष बित्दा पनि समाधान भएन जलजमाव, वडा नेतृत्वमाथि स्थानीयको प्रश्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१३ अन्तर्गत मुरली नयाटोलस्थित गोल्डेन गेट...

आरोपित पक्राउ नपर्दा कर्मचारी असुरक्षित, भाइरल भिडियोबारे कार्यालयले तोड्यो मौनता

कलैया, बारा — कलैयास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत ट्रायल...

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...