डा. चित्तरञ्जन साह तेस्रोपटक नारायणी अस्पतालका निमित्त मेसु, सदस्य विमल पौडेलद्वारा स्वागत र शुभकामना

वीरगञ्ज, पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालमा डा. चित्तरञ्जन साह पुनः तेस्रोपटक निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) का रूपमा नियुक्त भएका छन्। तत्कालीन मेसु डा. चुमन लाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएपछि रिक्त बनेको पदमा डा. साहलाई पुनः जिम्मेवारी दिइएको हो।

डा. साहको पुनर्नियुक्तिलाई सम्मानपूर्वक स्वागत गर्न अस्पताल विकास समितिका सदस्य विमल पौडेलले शुक्रबार एक विशेष कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा पौडेलले डा. साहलाई फूलमाला र खादा ओढाएर स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

स्वागत मन्तव्यका क्रममा पौडेलले नारायणी अस्पताल जनताको विश्वासको केन्द्र भएकाले सेवामा पारदर्शिता, समयपालन र गुणस्तरमा सुधार आवश्यक रहेको बताए। उनले नवनियुक्त मेसुलाई अस्पतालका विद्यमान समस्या समाधान गर्दै जनमैत्री सेवा प्रवाहमा ध्यान दिन आग्रह गरे। साथै, विकास समितिको तर्फबाट अस्पताल सुधार र विकासका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता पनि जनाए।

कार्यक्रममा पूर्व मेसु डा. चुमन लाल दासलाई पनि स-सम्मान बिदाइ गरिएको थियो। पौडेलले डा. दासको कार्यकालमा अस्पतालमा उल्लेखनीय सुधार भएको भन्दै ढाका टोपी र शुभकामनासहित उनको आगामी सफलताको कामना गरे।

बिदाइ तथा स्वागत कार्यक्रममा अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंह, विभिन्न विभागका चिकित्सक, नर्स र कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले डा. साहको नयाँ नेतृत्वमा अस्पतालको सेवा प्रणाली अझ सुदृढ, प्रभावकारी र जनमुखी बन्ने विश्वास व्यक्त गरे।

नारायणी अस्पताल मधेश प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था हो। यहाँको व्यवस्थापन, स्वास्थ्य सेवा र भौतिक पूर्वाधार सुधारमा देखिने परिवर्तनले प्रदेशका हजारौँ बिरामीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। डा. साहको तेस्रो कार्यकालले अस्पताललाई पारदर्शिता, सेवा सुधार र विकासको नयाँ दिशातर्फ अघि बढाउने विश्वास गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...