लाइसेन्स परीक्षा चलिरहेका बेला अवरोध, तालिम केन्द्र सञ्चालकद्वारा प्रहरीमा उजुरी

कलैया उपमहानगरपालिका–३, गंगापुर टोलस्थित वर्षा ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टर मा पछिल्ला केही समययता दोहोरिएर घटिरहेका दुर्व्यवहार र अवरोधजन्य घटनाहरूले स्थानीय व्यवसायी समुदाय तथा तालिम केन्द्रहरूमाझ गम्भीर असुरक्षा र तनावको स्थिति सिर्जना गरेको छ। पीडित संस्थाका सञ्चालक सञ्जित कुमार गुप्ताले यस्ता गतिविधिमा संलग्न पाँच जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, बारामा औपचारिक जाहेरी दर्ता गराएका छन्।

जाहेरीमा उल्लेख भएअनुसार, पहिलो घटना २०८२ साल जेठ १२ गते घटेको थियो। सो दिन ३२ वर्षीय लिखिन्द दास तत्मा र ३० वर्षीय अनिल पटेलले तालिम केन्द्रमा प्रवेश गरी कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेका थिए। उनीहरूले गालीगलौज, धम्कीपूर्ण बोली र लिखित परीक्षा चलिरहेको कक्षामा अवरोध पुर्‍याउने जस्ता कार्य गरेर वातावरणलाई अशान्त बनाएको उजुरीमा उल्लेख छ।

घटनाको विवरणअनुसार, जब केन्द्रका कर्मचारीहरूले ती व्यक्तिहरूलाई सम्झाउने प्रयास गरे, उनीहरूले अटेर गर्दै झनै आक्रोशपूर्ण व्यवहार प्रदर्शन गरे। उनीहरू हातपात गर्न उद्यत भएका थिए, जसका कारण केन्द्रले लिखित परीक्षा केही समयका लागि स्थगित गर्न बाध्य भएको थियो। यो घटनाले परीक्षार्थीहरूमा भयको वातावरण सिर्जना गरेको थियो भने कर्मचारीहरू पनि आफू असुरक्षित रहेको महसुस गरिरहेका थिए।

उक्त घटनाको एक महिनापछि पुनः अर्को आक्रमणजन्य गतिविधि भएको उजुरीमा उलेख गरिएको छ। यातायात कार्यालयमार्फत ट्रायल परीक्षा सञ्चालन भइरहेका बेला पाँचजना लखिन्द्र दास , अनिल पटेल ,संजोग गीरी लगायतको दुई जानाले तालिम केन्द्र परिसरमा प्रवेश गरी, मुख्य गेट हुँदै कोठाको ढोका (गेट) मा खुटाले हानेको, सञ्चालकलाई धम्क्याउने र गालीगलौज गर्ने जस्ता गतिविधि दोहोरिएको विवरण दिइएको छ। उजुरीकर्ताका अनुसार यस्ता कार्यहरूले केन्द्रको सामान्य सञ्चालनमा गम्भीर असर पारेका छन्।

जाहेरीमा पाँचैजनालाई सार्वजनिक दुर्व्यवहार, व्यवसायमा अवरोध सिर्जना, डर धम्की, र संस्थागत शान्ति भंग गर्ने जस्ता आरोप लगाइएको छ। उजुरीकर्ताले प्रहरी प्रशासनसँग यथाशीघ्र कानुनी कारबाहीको माग गरेका छन्, साथै आफू अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको स्पष्ट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, बाराले उजुरी दर्ता गरिसकेको र प्रारम्भिक अनुसन्धान प्रक्रिया सुरु भइसकेको जानकारी दिएको छ। जाहेरीमा आरोपीहरूको नाम, उमेर र ठेगाना लगायतका सबै व्यक्तिगत विवरण समावेश गरिएकोले अनुसन्धान कार्यमा तीव्रता आएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि स्थानीय व्यवसायी, तालिम केन्द्र सञ्चालक, विद्यार्थी र सर्वसाधारणले राज्य संयन्त्रप्रति विश्वास घटेको महसुस गरिरहेको जनाएका छन्। उनीहरूले यस्ता घटना दोहोरिन नदिन र दोषीलाई छिटो कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग तत्काल हस्तक्षेपको माग गरेका छन्।

यसबीच, वर्षा ड्राइभिङ एन्ड ट्रेनिङ सेन्टर ले भने उत्पन्न अवरोध र तनावका बाबजुद पनि आफ्नो नियमित तालिम कार्यक्रम र प्रशासनिक कामकाजलाई निरन्तरता दिइरहेको जनाएको छ। संस्थाले भविष्यमा यस्ता घटना नदोहोरियोस् भनेर सुरक्षा प्रबन्धलाई थप सुदृढ बनाउने र प्रशासनसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...