सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार हरेक वर्ष एक पत्रकारलाई प्रदान गरिने

नेपाल पत्रकार महासंघ पर्सा शाखाले वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शनराज पाण्डेको योगदानको कदरस्वरूप ‘सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ। पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालका अनुसार हालै सम्पन्न कार्यसमिति बैठकबाट उक्त निर्णय लिइएको हो। पत्रकारितामा सुदर्शनराज पाण्डेले पु¥याएको योगदानको सम्मान गर्दै स्थापना गरिने यो पुरस्कार हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिनेछ।

२५ हजार रुपैयाँ राशिको यो पुरस्कार स्वर्गीय पाण्डेको प्रथम वार्षिक स्मृतिको अवसर पारेर आगामी भदौ २७ गते वितरण गरिने महासंघका सचिव विजयकुमार महतोले जानकारी दिए। पुरस्कार वितरण प्रक्रिया तथा कार्यविधि तय गर्न अध्यक्ष खनालको संयोजकत्वमा उपाध्यक्ष निलिमा पौडेल र सचिव महतोलाई जिम्मेवारी दिइएको छ।

सचिव महतोले स्वर्गीय पाण्डेलाई जनपक्षीय पत्रकारिताको प्रेरणाको स्रोतका रूपमा स्मरण गरे। उनका अनुसार, “वीरगञ्जलाई आधार बनाएर पत्रकारिता गर्नुभएका पाण्डे निष्पक्षता, इमानदारी र समाजको पछिल्लो वर्गको आवाज उठाउने पत्रकारका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको पत्रकारिता सालिनताको प्रतिक थियो र समाजका लागि प्रेरणा पनि।”

महासंघले स्वर्गीय पाण्डेको स्मृति दिवसमा प्रत्येक वर्ष एकजना पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै उहाँको योगदानलाई सदैव जीवन्त बनाइराख्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...