बहुदरमाई–पोखरियामा तालिमको नाममा ठगी, झोले संस्था चलाउने अमोद केवट अख्तियारको निगरानीमा

पर्सा जिल्लामा बहुदरमाई र पोखरिया नगरपालिकासँग मिलेमतो गरी झोले संस्थामार्फत करोडौं रुपैयाँ भ्रष्टाचार गरिएको खुलासा भएको छ। मुख्य आरोपमा रहेका अमोद केवट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा परेका छन्। आधा दर्जनभन्दा बढी नाम मात्रका गैरसरकारी संस्था सञ्चालन गर्दै आएका केवटले चालु आर्थिक वर्ष २०८१/८२ मा दुबै पालिकासँग मिलेर तालिम कार्यक्रमको नाममा ठूलो परिमाणमा रकम निकासा गराएको आरोप लागेको छ।

स्रोतका अनुसार, पोखरिया नगरपालिकाबाट करिब २ करोड रुपैयाँ र बहुदरमाई नगरपालिकाबाट १ करोड ६० लाख रुपैयाँ बराबरको सीपमूलक र जनचेतनामूलक तालिम कार्यक्रमका लागि रकम निकासा गरिएको थियो। यद्यपि ती तालिमहरू कागजमै सीमित रहेको, अधिकांश कार्यक्रम नचलेको वा चलाएका जस्तो देखाएर प्रमाण तयार पारिएको पाइएको छ। विशेषतः पोखरियामा विगतमा सम्पन्न कार्यक्रमका सहभागीहरूको नाम दोहोर्याएर देखाइएको र निलम्बित तत्कालीन प्रशासकीय अधिकृत अजय श्रीवास्तवलाई लाखौं रुपैयाँ कमिसन दिएको प्रमाणसमेत फेला परेको अख्तियार स्रोतले जनाएको छ।

यसैगरी, बहुदरमाई नगरपालिकामा वडा तथा नगरस्तरीय तालिम सञ्चालन भएको देखाइएको १ करोड ६० लाख रुपैयाँमध्ये करिब ३५ लाख रुपैयाँ पहिले नै भुक्तानी भइसकेको छ। यी सबै रकम केवटकै स्वामित्वका वा उनको प्रभावमा सञ्चालन भएका झोले संस्थाहरू – जस्तै पर्सा डेभलपमेन्ट प्रा.लि., विन्दवासिनी डेभलपमेन्ट एण्ड स्किल प्रा.लि., एग्रीकल्चर एण्ड स्किल डेभलपमेन्ट प्रा.लि., सामुदायिक सिकाई केन्द्र प्रा.लि., र सूर्योदय तालिम केन्द्र – मार्फत निकासा गरिएका थिए। यस्ता संस्थाहरूको वास्तविक गतिविधि अत्यन्त न्यून रहेको पाइएको छ।

प्रचलित कानुनी प्रक्रिया अनुसार स्थानीय तहका यस्ता तालिम परियोजनाहरू जनताको आवश्यकता अनुसार माग संकलन गरी, प्राविधिक मूल्याङ्कन, सहभागिता प्रमाण र संस्थाको दक्षता अभिलेखका आधारमा छनोट गर्नुपर्ने हुन्छ। तर, केवटले पालिकाका केही कर्मचारीहरूसँग कमिसनको सेटिङ गरी न्यून आर्थिक प्रस्तावमार्फत प्रक्रिया बेपत्ता बनाई रकम निकासा गराएको देखिएको छ।

यसबाहेक, स्थानीय स्रोतहरूले केवटले पालिकाबाट कमाएको अवैध धनमार्फत वीरगञ्जको रानीघाट क्षेत्रमा भव्य महल निर्माण गरेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले प्रारम्भिक अनुसन्धान थालेको छ र आवश्यक प्रमाणहरू संकलन गरिरहेको छ। घटनाले स्थानीय शासन प्रणालीमा देखिएको गम्भीर भ्रष्टाचारको झल्को दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...