बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।

१ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् ।

बजगाईंले भौत्तिक पूर्वाधार मन्त्रालयले आफ्नो जिल्लामा आवश्यक बजेट नदिएको भनेर विरोध स्वरुप दर्शक दिर्घामा गएर केहीबेर बसेका हुन् ।

उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केही बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका छन् ।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्री ज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ,’ बजगाईंले अनलाइनखबरसँग भने, ‘बुढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालको अर्थतन्त्र चलायमान गर्न कहाँ–कहाँ अवरोध छन् त्यो पनि थाहै छ ।’

जानकारी हुँदा हुँदै सरकारले गोरखामा आवश्यक बजेट नदिएको र हरेक वर्ष विनियोजन हुँदै आएको रकम पनि कटौती भएको उनको गुनासो छ ।

साथै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालप्रति समेत उनको असन्तुष्टि छ । सांसद बजगाईं भन्छन्, ‘भौतिक पूर्वाधारमन्त्री जनताको मान्छे जस्तो लागेन । यसकारण विरोध स्वरुप दर्शक दिर्घामा गएको हुँ ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रीले जनताको आवाज नसुनेको उनको आरोप छ ।

‘भौतिक पूर्वाधारमन्त्रीले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन ।’

प्रजातन्त्रको आधारभूत तत्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण रहेको तर, भौतिक पूर्वाधार मन्त्रालयको बजेट यसअनुसार आउन नसकेको उनले बताए ।

उनी थप्छन्, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले न प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन् न देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिए ।’

यसकारण दर्शक दिर्घामा गएर उभिएको उनको भनाइ छ ।

‘गोरखाली जनताको तर्फबाट म उहाँ (भौतिक पूर्वाधारमन्त्री) को निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...