बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित अगुवा भेला तथा कार्यकर्ता भेटघाट कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेप्रतिको जनआकर्षण थप सुदृढ बन्दै गएको स्पष्ट देखिएको छ।

नेकपा एमाले बहुदरमाई नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको अध्यक्षता तथा पार्टी केन्द्रीय कमिटी सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार परिषद सदस्य शिव पटेल, अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रीय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, मधेस प्रदेश कमिटी सदस्य तथा बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुशवाहालगायत प्रदेश, जिल्ला र स्थानीय तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिनु बहुदरमाई क्षेत्रमा नेकपा एमालेप्रतिको विश्वास मजबुत बन्दै गएको संकेतका रूपमा लिइएको छ। सहभागीहरूको उत्साह र सक्रियताले संगठन थप सशक्त हुँदै गएको नेताहरूले बताएका छन्।

भेलामा वक्ताहरूले नेकपा एमालेको नीति, सिद्धान्त र राष्ट्रवादी अडानलाई घरघरमा पुर्‍याउन आवश्यक रहेको बताउँदै एकताबद्ध रूपमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई आह्वान गरेका थिए। मधेसमा एमालेविरुद्ध फैलाइएका भ्रम र दुष्प्रचार चिर्दै विकास, सुशासन र राष्ट्रिय स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिनुपर्नेमा उनीहरूले जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा उम्मेदवार तथा परिवर्तनका संवाहकका रूपमा चिनिँदै आएका युवा नेता रूपेश कुमार पाण्डेले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्पष्ट भिजन प्रस्तुत गरे। उनले कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै पर्सा–३ लाई समृद्ध र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरे।

“राष्ट्र, राष्ट्रियता र जनताको भविष्य सुरक्षित गर्ने शक्ति नेकपा एमाले हो,” पाण्डेले भने, “देश र जनताको हितका लागि एमालेमा मतदान गर्नु आजको अपरिहार्य आवश्यकता हो।”

बहुदरमाईसहित पर्सा–३ का विभिन्न स्थानमा निरन्तर भइरहेका भेलाहरू, घरदैलो कार्यक्रम तथा बढ्दो जनसहभागिताले प्रतिनिधिसभा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनलहर तीव्र बन्दै गएको देखिन्छ। अनुभवी नेतृत्व, स्पष्ट विकास दृष्टिकोण र जनतासँगको आत्मीय सम्बन्धका कारण पाण्डे पर्सा–३ मा भरोसायोग्य उम्मेदवारका रूपमा स्थापित हुँदै गएका छन्।

स्थानीयवासीहरूको भनाइअनुसार यसपटक पर्सा–३ मा परिवर्तन निश्चित देखिएको छ, र उक्त परिवर्तनको नेतृत्व नेकपा एमाले तथा सूर्य चिन्हका युवा उम्मेदवार रूपेश कुमार पाण्डेले गर्नेमा जनविश्वास दिनानुदिन बलियो बन्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

शहीदप्रति सम्मानबाट मैदानमा उत्रिए रूपेश पाण्डे, पर्सा–३ मा एमालेको चुनावी अभियानले लियो गति

अंजलि चौधरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित...