सागर शमशेर जबरा ‘पुलिस अफ दि मन्थ’ घोषित, गम्भीर अपराध अनुसन्धानमा उल्लेखनीय योगदान

जिल्ला प्रहरी कार्यालय धनुषाले अपराध नियन्त्रण तथा अनुसन्धानमा विशेष योगदान पुर्‍याएका प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर जबरालाई असार महिनाको ‘पुलिस अफ दि मन्थ’ घोषित गरेको छ। अपराध अनुसन्धान शाखामा कार्यरत जबराले पछिल्ला केही महिना यता विभिन्न गम्भीर प्रकृतिका घटनाको सफल अनुसन्धान गर्दै प्रहरी सङ्गठनको छवि उच्च राख्न भूमिका खेलेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, जबराले चैत १७ गते लक्ष्मिनिया गाउँपालिका–५, बनिनियाँमा श्रीमती अञ्जली यादवको हत्या आरोपमा फरार रहेका हरिराम यादवलाई पक्रन निर्णायक भूमिका निर्वाह गरेका थिए। यादवले श्रीमतीलाई कुटपिट गरी हत्या गरेर शव गाडेको आशङ्कामा पक्राउ परेका थिए।

त्यस्तै, असार १८ गते जनकपुर उपमहानगरपालिका–१५ मा वासुदेव साहमाथि चक्कु प्रहार गरी फरार रहेका बेचन महासेठलाई खजुरीस्थित रेल्वे स्टेशनबाट नियन्त्रणमा लिन पनि सागरको सक्रियता निर्णायक रहेको धनुषा प्रहरीले जनाएको छ। त्यसका साथै, ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ तथा विद्युतीय अपराधजस्ता मुद्दामा फरार रहेका अभियुक्त हनिफ नदाफलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने कार्यमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्।

एसपी रेग्मीका अनुसार, सागर शमशेरको उच्च व्यावसायिक दक्षता, लगनशीलता र कर्तव्यनिष्ठताले प्रहरी सङ्गठनको प्रतिष्ठा बढाएको छ। “निजको उत्कृष्ट कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह भएको छ र जनताबीच प्रहरीप्रतिको विश्वास समेत मजबुत बनाएको छ,” रेग्मीले बताए।

जिल्ला प्रहरी कार्यालयले उनको योगदानको कदर गर्दै ‘पुलिस अफ दि मन्थ’ सम्मान प्रदान गरेको हो। यस किसिमको सम्मानले संगठनभित्र इमान्दार, मेहनती र परिणाममुखी कार्य गर्ने प्रहरी कर्मचारीलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...