पत्रकारमाथि अपमानजनक व्यवहारप्रति प्रेस सेन्टर पर्सा आक्रोशित, कडा संघर्षको चेतावनी

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरद्वारा पत्रकारहरूमाथि गरिएको दुर्व्यवहारप्रति प्रेस सेन्टर पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सेन्टर पर्साले दोषीमाथि तत्काल कारबाही हुनुपर्ने माग गर्दै कारबाही नभए कडा संघर्षको चेतावनी समेत दिएको छ।

विगत दिन पर्सा स्वास्थ्य कार्यालयद्वारा आयोजना गरिएको तालिम कार्यक्रममा सहभागी भएका प्रेस सेन्टर पर्सा शाखाका कार्यसमिति सदस्य सन्तोषकुमार कुशवाहा, पत्रकारहरू आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेलमाथि स्वास्थ्य अधिकृत ठाकुरले अभद्र शब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका थिए।

प्रेस सेन्टर पर्साले जारी गरेको विज्ञप्तिमा सो घटनालाई आपत्तिजनक भन्दै स्वास्थ्य अधिकृत ठाकुरलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, पत्रकारमाथि भएको दुर्व्यवहारमा प्रहरी प्रशासनका जिल्लास्तरीय अधिकारीहरूले प्रभावकारी कदम चाल्न नसक्दा उनीहरूको भूमिकाप्रति शंका उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ।

प्रेस सेन्टर पर्साका सचिव अजित भुजेलद्वारा जारी विज्ञप्तिमा दोषीमाथि तत्काल कारबाही नभएमा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...