नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

१० असार, विराटनगर — नोबेल शिक्षण अस्पताल, विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुने महिला इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीया हुन्। उनलाई सोमबार बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा कोरोना परीक्षण गराइएको थियो, जहाँ रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि मंगलबार बिहान नोबेल अस्पताल भर्ना गरिएको थियो।

अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार महिलाको आज बिहान आकस्मिक कक्षमै उपचारका क्रममा मृत्यु भएको हो। उनले सात दिनदेखि ज्वरो र श्वासप्रश्वासमा गम्भीर समस्या अनुभव गरिरहेकी थिइन्।

महिलाको निधनपछि शवलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीको जिम्मा दिइएको अस्पताल प्रशासनले जनाएको छ।

यसैबीच, कोशी प्रदेशमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि भएको छ, जसमा झापाबाट ४ जना, मोरङ र इलामबाट २–२ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...