सिंहदरबारमा गएको कुरालाई लिएर विशाल भण्डारी किन चर्चामा छन् ?

काठमाडौं । टिभी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारी अहिले चर्चामा छन् । हालै प्रसारित एपिसोडलाई लिएर प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै सामाजिक संजालमा खबर ब्यापक फैलियो ।

हुन पनि उनी सिंहदरबार गएकै हुन् । शोकी निर्मात्री सगुन पाण्डेले सामाजिक संजालमा सिंहदरबार पुगेको भिडियो हालेकै थिइन् । तर, यो भिडियोलाई लिएर केही मिडियादेखि सामाजिक संजाल पृष्ठले प्रधानमन्त्री कार्यालयले बुझ्न बोलाएको भन्दै समाचार लेखे ।

उनी सिंहदरबार गएका हुन् तर समाचारमा प्रधानमन्त्री कार्यालयले बोलाएको भनेर न्यूज आएपछि भण्डारी हैरानीमा छन् । धेरैले उनलाई सामाजिक संजालमा टिप्पणी गरिरहेका छन् । यो कुराले यति चर्चा पायो कि उनले सामाजिक संजालमा प्रष्टीकरण नै दिनुपर्‍यो ।

‘बाघ कराउनु र बाख्रा हराउनु’ उनले लेखेका छन्, ‘म आज हैन, हिजो सिंहदरवार गएको हो । त्यो पनि एक जना मित्रसँगको नितान्त व्यक्तिगत भेटघाटको लागी । मलाई आधिकारिक भेटघाटको लागि बोलाइएकै हैन ।’

‘कमेडी नाइट विथ च्याम्पियन्स’लाई पछिल्लो समय निकै रुचाइएको छ । यो शो लयमा फर्किएको चर्चा छ । पछिल्लो एपिसोडमा राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसद पाहुना बनेर पुगेका थिए ।

उक्त एपिसोडमा समसामयिक राजनीतिक मुद्दा, प्रधानमन्त्रीदेखि दलका नेतारूलाई पनि कटाक्ष गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो एपिसोडमा ‘ह्याप्पी ओली’ भन्दै कलाकारले प्रस्तुति दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

ताजा अपडेट

More like this
Related

‘राजनीति सेवा हो’ सन्देशसहित कानुको घरदैलो अभियान अलौंमा सम्पन्न

वीरगञ्ज। पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक गतिविधि...

‘नेतृत्व भनेको परिणाम हो’ नारा आफैंमाथि भारी पर्दै अजय चौरसिया

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा...

बृहत् कार्यकर्ता भेलापछि पर्सा–३ मा एमालेको चुनावी लय, रूपेश पाण्डेप्रति बढ्दो विश्वास

वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्लाको पहलमा सम्पन्न बृहत्...

बहुदरमाईमा एमालेको अगुवा भेला उत्साहपूर्ण, पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा जनलहर बलियो

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित...